मोदीको सपथग्रहणका लागि प्रधानमन्त्री ओली भारत उडे



काठमाडौं जेठ, १६– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली नयाँदिल्ली प्रस्थान गरेका छन् । बिहीबार दिउँसो पत्नी राधिकासहित १० सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

आज साँझ हुने मोदीको सपथ कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुनेछन् । त्यस्तै, भोली शुक्रबार प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच द्विपक्षीय भेटवार्ता हुनेछ । प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ।

हालै सम्पन्न निर्वाचनबाट मोदी दोस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । भारतीय प्रधानमन्त्री मोदीले बिमस्टेक सदस्य राष्ट्रका सरकार प्रमुखलाई आफ्नो सपथ कार्यक्रममा बोलाएका छन् ।

मोदी पहिलोपटक भारतको प्रधानमन्त्री हुँदा भने सार्क सदस्य राष्ट्रका सरकार प्रमुखलाई आफ्नो सपथ कार्यक्रममा निमन्त्रणा गरेका थिए।

प्रकाशित मिति : जेष्ठ १६, २०७६ बिहिबार  ९ : ०२ बजे