जेठ १८’काठ्मण्डौ-
आलोपाली सरकार चलाउने कुरालाई लिएर नेकपा भित्रको बिबाद थप बढ्ने देखिएको छ । नेकपाका केहि नेताहरुले सरकारको नेतृत्व नफेरिने बताइरहेका छन भने केहि नेताले आलोपालो सहमतिको कुरा गर्दै सरकारको नेतृत्व फेरिने बताइरहेका छन ।यसै बिच सत्तारुढ दल नेकपाका नेता नेता एवम् सांसद हरिबोल गजुरेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बिच भएको सहमती अनुसार प्रचण्ड अब छिटै प्रधानमन्त्री बन्ने घोषणा गरेका छन्।
आज काठ्माण्डौको रिपोर्टस् क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै गजुरेलले भने, ‘उहाँहरु दुवैले मिलेर नै पार्टी र सरकार चलाउनुहुन्छ आलोपालोमा सहमति भैसकेको छ, अब छिटै प्रचण्ड प्रधानमन्त्री बन्नुहुन्छ’ ।
।’ उनले दुई पार्टी एकता गराउन दुवै अध्यक्षको अहम भूमिका रहेको भन्दै धन्यवाद दिए। ‘अब पार्टीभित्र कार्यविभाजनपनि छिट्टै टुँगो लाग्छ, हामीलाई अध्यक्षमाथि विश्वास छ’, उनले थपे।
उनले नेपालका नेताहरुले अब बोल्ने तरिका बदल्नुपर्नेमा पनि जोड दिए। उनले भने,‘नेताहरुले आफ्नो व्यवहार बदल्नुपर्छ। मुलुकको विकास र समृद्धिको लागि सत्तापक्ष र प्रतिपक्ष दुवैबीच सहकार्य गर्नुपर्छ।’
प्रधानमन्त्री केपी ओलीभारत भ्रमणमा रहेकै बेला प्रचण्ड अब प्रधानमन्त्री बन्नुपर्ने तर्क अन्य नेताहरुले पनि गरेका थिए । आलोपाली सरकार चलाउने कुरालाई लिएर नेकपा भित्र अहिले बिबाद चर्कि रहेको छ ।








