जेठ २०,काठ्माण्डौ-
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका – ३ छेस्काममा नेत्रविक्रम चन्द (विप्लव) समूहले चौकी आक्रमणको प्रयास गरेपछि अहिले सुरक्षाकर्मीको टोलीले उक्त इलाकामा हवाई गस्ती गरिरहको छ ।
विप्लव समूहका कार्यकर्ताहरुको खोजी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत परिचालन गरिएको छ । प्रहरीले नेपाली सेनाको हेलिकोप्टरबाट गस्ती गरिरहेको छ ।
सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले प्रहरीले हेलिकोप्टर माग गरेपछि सेनाले हेलिकोप्टर उपलब्ध गराएको बताए । उनले भने, ‘प्रहरीले मागपछि हेलिकोप्टर उपलब्ध गराएका हौँ, सेना परिचालन भएको छैन।’
यसै बिच गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लवका कार्यकर्ताहरुबाट सोलुखुम्बुमा प्रहरी चौकी आक्रमणको प्रयास भएपछि तीनवटै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् ।
गृहमन्त्री थापाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई गृहमन्त्रालय बोलाएर घटनाबारे ब्रिफिङ लिएका हुन् ।
त्यस्तै घटना पछी सोलुखुम्बुमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले विप्लव समूहको गतिविधि बढेको निष्कर्षसहित निगरानी बढाउने निर्णय गरेको छ ।
यो पनि पढ्नुहोस्-








