काठमाडौं ।
काँग्रेस महामन्त्री शशांक कोइरालाले सरकारले ल्याएको बजेटले मुलुकमा आर्थिक समृद्धि नल्याउने बताएका छन । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री कोइरालाले यो बजेट सुन्दा गुलियो जस्तो लागेपनी यसले देश बिकाशको दीगो आधार खडा गर्न नसक्ने बताएका हुन् ।
महामन्त्री कोइरालाले हाल राजस्वको ठूलो अंश तलबभत्ता वितरण गर्दैमा ठिक्क भएको र पाइलैपिच्छे उठाएको करको उक्त हिस्सा विकासको लागि प्रयोग हुन नपाउनु अत दुखद भएको पनि बताए । स्रोत जुट्ने भरपर्दो आधारबिना हचुवाको भरमा बजेटको आकार बढाइनु ठिक नहुने उल्लेख गर्दै कोइरालाले कार्यान्वयन गर्न नसकिने र ऋण काढेर बाँड्ने बजेटले मुलुकको दीगो आर्थिक समृद्धि ल्याउने भन्ने कुरा हास्यास्पद हुनेमा जोड दिए ।
महामन्त्री कोइरालाले राणनीतिक महत्वका ठूला योजनामा बजेट छुट्टयाउना सरकारले कन्जुस्याइ गरेको समेत आरोप लगाए ।
कोइरालाले बजेट माथी टिप्पणी गर्दै सरकारका निकाय हरु बजेट खर्च गरेर बिकाश गर्न समेत असक्षम हुँदै गएको प्रती चिन्ता ब्यक्त गर्दै सरकारी निकाय हरुको क्षमता बढाउन सरकारलाई सुझाब दिए ।
।








