प्रचण्डको सुरक्षामा मात्रै २ डीएसपीको नेतृत्वमा ५९ जना सुरक्षाकर्मी



काठमाडौं जेठ, २३–
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा ५९ जना सुरक्षाकर्मी खटिने गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका दाहाललाई सुरक्षा थ्रेट रहेको विश्लेषणसहित गृहमन्त्रालयले यो सुविधा दिएको हो ।

दाहाल आफैले समय समय मा आफु माथी सुरक्षा खतरा रहेको अभिब्यक्ती दिने गरेका छन ।हाल नेकपाको अध्यक्ष समेत रहेका उनको सुरक्षामा मात्रै राज्यको ठुलो धनराषी खर्च हुने गरेको छ ।

दाहाल देश भित्र मात्र नभएर बिदेशमा समेत असुरक्षित छन ।माओबादी युद्दको समयमा भएका मानब अधिकार घटनालाई लिएर समय समयमा बिभिन्न स्तरमा कुरा उठ्ने गरेका छन ।

हाल  दाहालको सुरक्षामा डीएसपीको नेतृत्वमा नेपाल प्रहरीका २९ र डीएसपीकै नेतृत्वमा सशस्त्र प्रहरीका ३० जना गरी ५९ जना खटिने गरेका छन् ।
अध्यक्ष दाहालका निजी सुरक्षा अधिकृत पनि फरिएका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशराज सुवेदीलाई दाहालको पीएसओको रुपमा खटाएको हो ।

यसअघि दाहालको सुरक्षामा खटिएका डीएसपी सन्तोष राठौर महानगरीय प्रहरी वृत्त, लैनचौरमा सरुवा गरिएका थिए ।

प्रकाशित मिति : जेष्ठ २३, २०७६ बिहिबार  ९ : १५ बजे