सरकारले पहिले जनतालाई सपना देखाएर भूलायो, अहिले गफ गरेर समय कटायोः कांग्रेस वरिष्ठ नेता पौडेल



दोलखा जेठ, २४–
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमा रोजगारी सिर्जना भए मात्र जनताले न्याय पाउने र त्यो अवस्था सिर्जना गर्न कृषि तथा पर्यटनको क्रान्ती आवश्यक रहेको बताएका छन् ।
नेपाली कांग्रेसको जागरण अभियान अन्तर्गत दोलखाको सदमुकाम चरिकोटमा आज आयोजित कार्यक्रममा उनले जनताको हातमा अधिकार दिनुपर्नेमा सरकार भने अधिकार केन्द्रीकरण गर्न लागेको आरोप लगाए ।

देशमा जनताले आशा गर्न ठाउँ नरहेको उनको भनाइ थियो । पौडेलले भने, ‘जनतालाई देखाएको सपना सरकारले पूरा गरेन, केवल भाषण र गफ गरेर सपना बितायो ।’ सोही कार्यक्रममा बोल्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘नेत्रविक्रम चन्द समूहलाई सरकारले वार्तामा ल्याएर हिंसा त्याग गर्नुपर्ने वातावरण बनाउनुपर्छ ।’ उनले चन्द समूहलाई हिंसा त्याग गर्न आग्रह गरे ।

प्रकाशित मिति : जेष्ठ २४, २०७६ शुक्रबार  ३ : १५ बजे