नेकपाका दुइ अध्यक्षको अन्तरविरोधको मूल्य राष्ट्रले तिर्नुनपरोस : घनश्याम भुसाल



भैरहवा — नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा घनश्याम भुसालले पार्टीको अन्तरविरोध नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीचको अन्तरविरोधको मूल्य राष्ट्रले तिर्नुपर्ने अवस्था आउन लागेको बताएका छन ।

लुम्बिनी प्रेस क्लब रुपन्देहीद्वारा आइतबार भैरहवामा आयोजित अन्तर संवाद कार्यक्रममा बोल्दै सांसद भुसालले सत्तारुढ पार्टिमा बिबाद हुँदाअ त्यसको नकारात्मक असार देशमैपर्ने सक्ने औल्याउदै तेता तर्फ सचेत हुनुपर्ने बताएका हुन ।

पार्टिको बिबाद मिलाउने बढी दायित्व प्रधानमन्त्री तथा अध्यक्ष ओलीको भएको औल्याउदै भुसालले पार्टी बिधी अनुसार चल्न नसकेको बताए ।
शक्तीको आडमा बहुमतले पेलेर मन परी पार्टी चलाउन थालेको भन्दै नेता भुसालाले पार्टी अध्यक्षद्वयको चर्को आलोचना गरे ।

पार्टी विधिले भन्दा केही सिमित व्यक्तिको स्वेच्छाचारी प्रवृतिले चल्न थालेकोमा आपत्ती प्रकट गर्दै उनले यही शैलिले जनाताको बिश्वाश कायम राख्न नसकिने बताए ।

 

प्रकाशित मिति : जेष्ठ २६, २०७६ आइतबार  २ : ०४ बजे