काठमाडौं जेठ, २७–
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदमा सत्तापक्षका सांसदले बोल्दा अवरोध गरेको छ । गुठी विधेयकविरुद्ध आन्दोलित गुठियारहरुमाथि सरकारले दमन गरेको भन्दै प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी कांग्रेसले विरोध गरेको हो । सत्तापक्षकी सांसद पम्फा भुसालले बोल्दा कांग्रेसले सदन अवरोध गरेको हो ।
बैठकको शुरुमै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले गुठियारमाथिको दमन र गुठी विधेयकप्रति आपत्ति जनाएका थिए । त्यसलगत्तै सभामुखले नेकपाकी सांसद भुसाललाई बोल्न समय दिए पनि कांग्रेस सांसदहरु उभिएर विरोध गरे ।
सभामुखले सोही विषयमा भुसालले बोल्न चाहेकाले सुन्न आग्रह गर्दा पनि कांग्रेस सांसदले विरोध जनाएर होहल्ला गरेपछि भुसालले आफ्नो भनाइ राखिन् । उनले गुठी बिधेयक संस्कृति समाप्त पार्ने ढंगले आएको भन्दै विधेयक र गुठियारमाथिको दमनको विरोध गरिन् । अहिले मन्त्री पद्मा अर्यालले जवाफ दिईरहेकी छिन् ।
जेष्ठ २७, २०७६ सोमबार
प्रकाशित मिति : जेष्ठ २७, २०७६ सोमबार ६ : ३७ बजे








