महिला कैदिलाई सेनेटरी प्याड वितरण 



विराटनगर –

मोरङकारगारका महिला कैदिलाई सोमबार सेनटरी प्याड वितरण गरिएको छ । महिनावारी स्वास्थ्य व्यवस्थापन सम्बन्धि चेतना तथा सेनेटरी प्याड वितरण कार्यक्रम अन्तरगत सेनेटरी प्याड वितरण गरिएको हो ।

ईन्डिपेन्डेड हयुमन फाउण्डेशनको आयोजनामा कारागारमा रहेका ९७ जना महिला बन्दिहरुलाई विराटनगर महानगरपालिकाका उपप्रमुख ईन्दिरा कार्कीले सेनटरी प्याड वितरण गरिन । साथै फाउण्डेशनले ४ थान सिलीङ फेन समेत कारागार प्रशासनलाई हस्तान्त्रण गरेको हो । उपप्रमुख कार्कीले जेलर सुभाष लामिछानेलाई फेन हस्तान्तरण गरिन ।

कार्यक्रममा फाउण्डेशनका जोति आचार्य, जेलर सुभाष लामिछाने , कारागार सुरक्षार्थ खटिएका सुरक्षा प्रमुखको सहभागिता थियो । फाउण्डेशनले विविध सामाजिक काम गर्दै आएको छ ।

प्रकाशित मिति : जेष्ठ २७, २०७६ सोमबार  १० : ३१ बजे