दुईतिहाईको उन्मादमा प्रस्ताव गरिएका विधेयकहरु तत्काल फिर्ता गरः कांग्रेस नेता प्रदीप पौडेल



काठमाडौं जेठ, २९–
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सरकारले संसदमा दर्ता गराएका विभिन्न विधेयकहरुको चर्को विरोध गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पौडेलले बुधबार ट्वीटमार्फत सरकारले सरकोकारवाला पक्षसँग छलफल नै नगरी दुईतिहाईको उन्मादमा विधेयक ल्याएको आरोप लगाएका हुन् ।

उनले सरकारसँग संविधानको मूल मर्म र भावनामा प्रतिकुल हुनेगरी प्रभाव विस्तार गरेर कब्जा गर्ने नियतले प्रस्ताव गरिएका विधेयकहरु तत्काल फिर्ता लिन समेत माग गरेका छन् । पछिल्लो समय सरकारले प्रस्ताव गरेका मिडिया काउन्सिल विधेयक र गुठी विधेयकको चर्को विरोध भैरहेको छ ।

पौडेलले लेखेको ट्वीटः

दुई तिहाइको उन्मादमा सरोकार वालाहरूसँग परामर्श नगरी संसदमा विभिन्न विधेयकहरू प्रस्ताव गरिएको छ । संविधानको मूल मर्म र भावनामा प्रतिकूल हुने गरी प्रभाव विस्तार गरेर कब्जा गर्ने नियतले ल्याइएका यस्ता विधेयकहरू यथाशीघ्र सरकारले फिर्ता लिनुपर्छ ।

प्रकाशित मिति : जेष्ठ २९, २०७६ बुधबार  ३ : ०३ बजे