सत्तारुढ नेकपाका नेता तथा पूर्वमन्त्री पौडेलको निधन



भरतपुर जेठ, ३१–
पूर्वमन्त्री डिआर पौडेलको निधन भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता समेत रहेका पौडेलको निधन हृदयघातका कारण निधन भएको जनाइएको छ ।

गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार सूर्य सुवेदीले आफ्नो फेसबुकमार्फत गृहजिल्ला चितवनको माडीमा पौडेलको निधन भएको जानकारी दिएका छन् ।
पूर्वसांसद समेत रहेका पौडेललाई बिहीबार राति हृदयघात हुने वित्तिकै उपचारका लागि माडीस्थित बगौडा अस्पतालमा लगिएको थियो । उनको उपचारका क्रममा सोही अस्पतालमा निधन भएको जनाइएको छ ।

प्रकाशित मिति : जेष्ठ ३१, २०७६ शुक्रबार  २ : ३६ बजे