काठ्माण्डौ-
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सरोकारवालासँग छलफल गर्नुपर्ने आवश्यकता रहेको भन्दै मंगलबार विधेयक फिर्ता गर्ने घोषणा गरे पनि विधेयक खारेजी हुनु पर्ने माग गर्दै बुधबार काठमाडौंमा बिशाल प्रदर्शन गरिएको छ।
गुठियार तथा नेवा देय: दबुलगायतको आह्वानमा गुठी विधेयक खारेजी माग गर्दै प्रदर्शन गरिएको हो।

जुलुसमा सहभागिहरुले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गर्दै गुठी विधेयकको नाममा तलमाथि गरिए आफूहरुलाई मान्य नहुने कडा चेतावनी दिएका छन् ।
विधेयक खारेजिका लागी सरकारलाई खबरदारी गर्न भन्दै गुठीयारहरुले जनप्रदर्शन गरेका हुन् । उनीहरुले सरकार नेवार संस्कृति मास्न सरकार लागिपरेको समेत आरोप लगाएका छन् ।
राजधानिका विभिन्न ठाउँबाट नेपाली झण्डा बोकेर सुरू भएको र्यालीका सहभागिहरुले सडकमा गुठी विधेयक खारेजीको नारा लगाइराखेका छन्।
प्रदर्शनकारीहरुले प्राधानमन्त्री ओलिको हिजोको सम्बोधनको पनि आलोचना गरेका छन ।
प्रदर्शनका कारण सिंह दरबार वरिपरिको सडक पुरै अबरुद्द भएको छ । सडकहरुमा प्रदर्शनकारिहरुको भिड लागेको छ ।








