काठ्माण्डौ-
मन्त्रिपरिषद् पुनर्गठन गर्ने विकल्पमा सरकार पुनर्गठन गर्ने बिशयमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीसँग छलफल भएको नेकपाका अर्का अध्यक्ष प्रचण्डले सार्बजनिक गरे सगै नेकपा भित्र सरकार पुनर्गठनको बारेमा दौड्धुप शुरु भएको नेकपा श्रोतले बताएको छ ।
गत १५ फागुनमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्नै पर्ने बाध्यतामा प्राधाअनमन्त्री ओलि रहेका बेला अर्का अध्यक्ष प्रचण्ड पनि सरकार पुनर्गठन गर्नुपर्नेपक्षमा देखिए पछी सरकार पुनर्गठन हुने निष्चित भएको नेकपा श्रोतले बताएको छ ।
रिक्त रहेको पर्यटन मन्त्रालयमा योगश भट्टराई लाई ल्याउँने ओलीको भित्री चाहना रहेको बुझिएको छ । प्रधानमन्त्री ओलीले योगेश भट्टराईलाई पर्यटन , संचार या अन्य कुनै विकासे मन्त्रालय रोजेर लिन महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङमार्फत सन्देश पठाएका छन् । पटक पटक मन्त्री बनाउँने भन्दै फेरी धोका खाँदै आएका भट्टराइको सिंहदरवार प्रवेश यस पटक भने करिब पक्का जस्तै भएको छ । योगेशले पनि पछिल्लो समय ओलीको रक्षाकवजकै भुमिका खेल्दै आएका छन् ।
रिक्त मन्त्रालयमा पूर्वएमालेबाट कृष्णगोपाल श्रेष्ठ, पार्वत गुरुङ, यज्ञराज सुनुवार, प्रेम आलेलगायत आकांक्षी छन् । पूर्वमाओवादी समूहबाट देवेन्द्र पौडेल, प्रभु शाहलगायत आकांक्षी भएको स्रोतले बतायो । आकांक्षीहरूले आफुलाई मन्त्री बनाउन लबिङका लाई दौडधुप शुरु गरेका छन ।
सम्बन्धित समाचार-
अब सरकार पुनर्गठन हुन्छ : नेकपा अध्यक्ष








