नेकपामा विवादले उग्ररुप लिदैँ, प्रचण्डनिकट नेताको खुमलटारमा छुट्टै बैठक



काठमाडौं ।
सत्तारुढ नेकपामा विवाद घट्नुको साटो निरन्तर बढ्दो छ । नेकपाको राजनीतिक प्रतिवेदनमा विवाद बढेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट नेताहरुले खुमलटारमा छुटटै छलफल गरेका हुन् ।
नेकपामा विवाद बढेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निकट नेताहरूसँग छुट्टै छलफल गरेका हुन् । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा प्रचण्ड निकट नेकपा नेताहरू सहभागी थिए। त्यस्तै, उक्त छलफलमा प्रचण्ड निकट स्थायी समिति सदस्यहरु पनि सहभागी थिए ।
आजको छलफलमा नेकपाको अब प्रकाशित हुने राजनीतिक प्रतिवेदनबारे छलफल भएको एक नेताले बताए। प्रचण्डले राजनीतिक प्रतिवेदनबारे जानकारी दिएका थिए।

नेकपा सचिवालय बैठक राजनीतिक प्रतिवेदनकै बिबादका कारण अवरुद्ध हुँदै आएको छ। शनिबारको बैठक पनि ‘जनताको जनवाद’ कि ‘जनताको बहुदलीय जनवाद’ भन्ने विवादकै कारण निष्कर्षमा पुगेको थिएन।

एमाले र माओवादी केन्द्र एकीकरण हुँदा ‘जनताको जनवाद’लाई केन्द्रमा राखिएको थियो। नेकपाको राजनीतिक प्रतिवेदनमा त्यही राख्नु पर्ने पूर्वमाओवादी नेताहरूको जोड छ।

तर, पूर्वएमालेका केही नेताहरू जनताको बहुदलीय जनवाद राख्नु पर्ने पक्षमा छन्।

प्रकाशित मिति : असार ८, २०७६ आइतबार  ७ : १२ बजे