छाँया गृहमन्त्रीले मागे गृहमन्त्रीको जवाफः विप्लवका नेता मारिएकाबारे यर्थात के हो ?



काठमाडौं ।
कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु प्रकारणबारे संसदलाई जानकारी गराउन माग गरेको छन् । नेपाली कांग्रेसको छाँया सरकारका गृहमन्त्री समेत रहेका बडुले सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा स्थानीय र छापाहरुमा पौडेललाइ नियन्त्रणमा लिएपछि मारिएको खबर आएकोबारे गृहमन्त्रीको जवाफ मागेका हुन् ।
उनले भने, ‘यही असार ५ गते सर्लाहीको लागबन्दी जंगलमा दोहोरो भिडन्तमा भनेर मारिएका कुमार पौडेललाई नियन्त्रणमा लिएपछि मारिएको भन्ने कुरा स्थानीय तहबाट र छापाहरुमा प्रयाप्त आएको छ । यसको यर्थात के हो ? यसको छानबिन गरेर संसदमा जानकारी गराइओस् ।’
कांग्रेस सांसद समेत रहेका बडूले विप्लव समूहलाई मलधारमा ल्याउन कुन बाटो खोजिँदै छ ? भनेर जानकारी गराउन माग गरे । ‘गृहमन्त्री ज्युले कही दिन अगाडि संसदमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै आन्दोलन तर विप्लव समूहको हेडक्वार्टरसहित चार वटा कम्पनी बनिसकेको अवस्था जानकारी गराउनुभयो,’ उनले भने,‘यो अवस्थामा सरकार कुन रुपमा बोटा खोज्दैछ । यसको जानकारी चाहियो । वार्ता र संवादबाट विप्लव समूहलाई मुलधारमा ल्याउने कार्यमा ढिलोभइरहेको हामीले महसुश गरिरहेका छौँ।’

बिहीबार प्रहरी र विप्लव कार्यकर्ताबीच भिडन्त हुँदा विप्लवका सर्लाही जिल्ला इन्चार्ज पौडेलको लालबन्दी–१ लखन्ती खोलामा प्रहरीको गोली लागेर मृत्यु भएको प्रहरीको दाबी छ । तर विप्लव समूहले भने नियन्त्रणमा लिएर प्रहरीले हत्या गरेको दाबी गरेको छ ।

प्रकाशित मिति : असार ९, २०७६ सोमबार  ७ : ४६ बजे