कांग्रेस र नेकपाका कार्यकर्ता बिच झडप, ४ जना कांग्रेस कार्यकर्ता घाइते



कञ्चनपुर-

कञ्चनपुरको पुनर्बास नगरपालिकामा नेपाली कांग्रेस कार्यकर्ताले खानेपानी मन्त्री बिना मगरलाई कालो झण्डा देखाउन लाग्दा कांग्रेस कार्यकर्ता र नेकपाका कार्यकर्ता बिच झडप भएको छ झडपमा परी  ४ जना कांग्रेस कार्यकार्ता घाइते भएका छन ।

पुनर्वास नगरपालिकाको नगर अधिबेशन उद्घाटन गर्न निर्वाचन क्षेत्र आउदै गेरेकी खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई नेपाली कांग्रेस कार्यकर्ताले कालो झण्डा देखाउन लाग्दा झडप भएको हो ।

घाइते भएका नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापती गोपिप्रसाद उपाध्याय , नेपाली कांग्रेस बेलौरी नगर सचिब बिक्रम चन्द, नेता हरेन्द्रसिह बिष्ट र कार्यकर्ता कृष्णबहादुर चन्दको अहिले सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइ रहेको छ ।

शान्तिपुर्ण बिरोध प्रदर्शन गर्ने हकलाई कुण्ठित गर्न खोजिएको कांग्रेस जिल्लानेता हरुले बताएका छन ।

प्रकाशित मिति : असार १०, २०७६ मंगलबार  ९ : १६ बजे