काठ्माण्डौ-
नेकपा अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व असफल भयो भने देश नै खतरामा पर्ने बताएका छन् । मदन भण्डारी स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित मदन भण्डारी पुरस्कार हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एस्तो बताएका हुन ।
सरकारलाई सफल पार्ने, जनआकाङ्क्षालाई सम्बोधन गर्ने कुरामा असफल भय त्यसले देशको भाबी राजनितिलाई नै असार गर्ने प्रचन्डले बताए । दाहालले कम्युनिस्ट नेतृत्व असफल भएमा काँग्रेसले समेत नेतृत्व गर्ने स्थिति नआउने जिकिर गरे ।
नेपालमा ठूल्ठूला राजनीतिक घटना भइरहे पनि त्यसको रहस्य पत्ता लगाउने र रोक्न नेतृत्व असफल रहेको दाहालले स्वीकार गर्दै दाहालाले तत्कालीन नेकपा एमालेका नेता मदन भण्डारीको हत्या नै भएको सबैले भनिरहे पनि छानबिनले पूर्णता नपाएर किटान गर्न नसकिरहेको दाहालले बताए ।
उनले भने, हामिले मदन भन्डारिको हत्यारा पत्ता लागाइ छोड्छौ भनेर पटक पटक भन्यौ तर तर पत्ता लगाउन सकिएन । के ले दिँदैन हामीलाई ? जनताले नदिएको त पक्कै होइन । हामी अहिले सरकारमा छौँ । सरकारको नेतृत्व गरेका छौँ तर भन्न सक्ने ठाउँमा छैनौँ । बरु यसलाई त्यसै त्यसै ढिला हुन दिउँ त्यसै ठिक हुन्छ भन्या जस्तो अवस्था हाम्रो छ । कमरेड मदन भण्डारीको रहस्यमय अवसान किन भयो र भोली त्यस्तै हुँदैन भन्ने कुराको ग्यारेन्टी हामीले किन गर्न सकिराखेका छैनौँ प्रचन्डले प्रश्न गरे । प्रचन्डले यस अघी पनि पटक पटक् सुरक्षाको बारेमा कुरा उठाउदै आएका छन ।








