काठमाडौं–
नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच संखुवासभामा गोली हानाहान भएपछि नेपाली सेनाको एमआई १७ हेलिकप्टर परिचालन गरिएको छ ।
त्यस क्षेत्रमा बिप्लब समुहको गतिबिधी बढेको निश्कर्षा सहित नेपाली सेनाको एमआई १७ हेलिकप्टर बाट घटनास्थलतर्फ थप सुरक्षाकर्मी पठाइएको हो ।
संखुवासभाको सिलिचुङ गाउँपालिका–१ होयाङग्लामा गस्तीमा रहेको प्रहरी टोलीमाथि विप्लव समूहका कार्यकर्ताले फायरिङ गरेपछि दोहोरो भिडन्त भएको थियो ।
प्रहरी स्रोतका अनुसार नेपाली सेनाको हेलिकप्टरसहित प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको टोली घटनास्थलमा परिचालन गरिएको छ । प्रहरी सकृयता थप बढाइने पनि प्रहरी श्रोतले बताएको छ ।








