संखुवासभामा सेनाको एमआई १७ हेलिकप्टर सहित थप प्रहरी परिचालन



काठमाडौं–

नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच संखुवासभामा गोली हानाहान भएपछि नेपाली सेनाको एमआई १७ हेलिकप्टर परिचालन गरिएको छ ।

त्यस क्षेत्रमा बिप्लब समुहको गतिबिधी बढेको निश्कर्षा सहित नेपाली सेनाको एमआई १७ हेलिकप्टर बाट घटनास्थलतर्फ थप सुरक्षाकर्मी पठाइएको हो ।

संखुवासभाको सिलिचुङ गाउँपालिका–१ होयाङग्लामा गस्तीमा रहेको प्रहरी टोलीमाथि विप्लव समूहका कार्यकर्ताले फायरिङ गरेपछि दोहोरो भिडन्त भएको थियो ।

प्रहरी स्रोतका अनुसार नेपाली सेनाको हेलिकप्टरसहित प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको टोली घटनास्थलमा परिचालन गरिएको छ । प्रहरी सकृयता थप बढाइने पनि प्रहरी श्रोतले बताएको छ ।

 

प्रकाशित मिति : असार १६, २०७६ सोमबार  ११ : ०७ बजे