दीपक मनाङेको नेकपा प्रवेशले योगेश भट्टराई आक्रोशित



काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले दीपक मनाङेको नेकपा प्रवेशप्रति आपत्ति जनाएका छन् । नेकपाका केन्द्रीय सदस्य समेत रहेका नेता भट्टराईले ट्वीटरमार्फत आपत्ति जनाएका हुन् । बिहिबार भट्टराईले  ट्वीटमार्फत राजनीतिक पार्टीलाई मान्छे चाहिने तर उसको पृष्ठभूमि नै नहेरी पार्टीमा भित्र्याइँदा परिणाम नराम्रो हुनेचेतावनी दिएका हुन् ।

रसिया भ्रमणमा रहेका योगेशले लेखेका छन्, ‘राजनीतिक पार्टीलाई मान्छे त चाहिन्छ नै तर कस्ता मान्छे ल्यायौँ ? कस्ता कस्ता ल्याउँदै छौँ ? परिणाम के भैरहेको छ ? राम्ररी विचार गरौ है !’ गण्डकी प्रदेशसभाका सदस्य रहेका मनाङ्गेले केही समयअघि मात्रै अदालतबाट सफाइ पाएका थिए ।

मनाङ्गे मनाङबाट स्वतन्त्र सांसदका रूपमा प्रदेशसभाका निर्वा्चित भएका थिए । उनलाई तत्कालीन नेकपाको सहयोग थियो ।

प्रकाशित मिति : असार १९, २०७६ बिहिबार  ८ : ५१ बजे