शान्ति प्रक्रिया भाँड्नकै लागि केही मानिसलाई युरोप घुमाईयोः प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया भाँड्ने खेल भैरहेको आरोप लगाएका छन् । शुक्रबार समाजवादी पार्टी छाडेर नेकपा प्रवेश गरेका नेता कार्यकर्तालाई नेकपामा स्वागत गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले शान्ति प्रक्रिया भाँड्ने प्रयास घातक हु्ने चेतावनी समेत दिए ।

उनले शान्ति प्रक्रिया भाँड्नकै लागि केही मानिसलाई युरोप घुमाएको भन्दै आपत्ति समेत जनाए । कार्यक्रममा प्रचण्डले आफ्ना पूर्व सहकर्मीहरुलाई पार्टी एकतामा आउन आग्रह गरे । उनले नयाँ बनाउँछु भनेर हिडेका डा. बाबुराम भट्टराईको पीएचडी (बौद्धिकता)ले अन्यत्र सकारात्मक परिणाम दिन नसक्ने उनको दाबी छ ।

त्यस्तै अध्यक्ष प्रचण्डले मोहन बैद्य, मोहनविक्रम सिंह, चित्रबहादुर केसी र नारायणमान विजुक्छेलाई पनि एकता प्रक्रियामा आउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : असार २०, २०७६ शुक्रबार  ७ : १९ बजे