राजनितिलाई शुद्दिकरण गर्न जरुरी छ:कांग्रेस वरिष्ठ नेता पौडेल



चितवन-

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब राजनितिलाई सम्मानित बनाउने मिशन र भिजनका साथ अघि बढ्नुपर्ने बताएका छन । नेपाल शिक्षक संघको प्रदेष तीन स्तरिय सम्मेलन उद्घाटन पछी कार्यक्रममा बोल्दै नेता पौडेलले अहिले राजनीतिप्रति जनतामा वितृष्णा बढ्दै गएकाले युबा पुस्ताले राजनितिमा आउन नचाहिरहेको बताएका हुन । ‘सबैलाई स्विकार्य हुने राजनितीको थिती बसालौ’ भन्दै नेता पौडेलले राजनितिलाई शुद्दिकरण गर्न जरुरी रहेको समेत बताए ।

उनले भने “मिसन र भिजन बिनाको  राजनीतिले जनतामा वितृष्णा बढेर गयो । राजनीतिले ठीक दिशा लिन सकेको छैन , अब यसलाई बदल्ने गरी काम गर्न जरुरी छ ।” बर्तमान ओलि सरकार प्रती इङ्गित गर्दै नेता पौडेलले भने ‘बर्तमान सरकारका कारण सरकार मात्रै नभएर ब्यबस्था नै खतरामा पर्न सक्ने  सम्भाबना बढेको छ ।

देशमै सङ्कट आउन सक्ने भएकाले  अब काङ्ग्रेस एक ढिक्का भएर अघी बढ्नु पर्नेमा पनि नेता पौडेलाले जोड दिए ।पार्टी एक ढिक्का भए मात्रै आइ पर्ने जुनसुकै चुनौतीको सामाना गर्न सकिने पौडेलले बताए । पार्टी संस्थागत ढङ्गले बिधान अनुसार चल्नुपर्नेमा जोड दिदै नेता पौडेलले पार्टीको काधमा देश प्रतिको ठुलो जिम्मेवारी रहेको र त्यसलाई सबैले महसुस गर्न सक्नुपर्ने बताए ।

 

प्रकाशित मिति : असार २१, २०७६ शनिबार  ९ : ४१ बजे