काठमाडौं । कांग्रेस नेतृ पुष्पा भुसालले सरकारले जनतालाई विष खुवाएर मार्न खोजेको आरोप लगाएकी छिन् । सांसद समेत रहेकी भुसालले मंगलबारको संसद बैठकमा बोल्दै जनसङ्ख्या बढी देखेर सरकारले विषादीयुक्त तरकारी खुवाएर जनता मार्न मार्न खोजेको हो ? भनी प्रश्न गरेकी छिन् ।
विषादीयुक्त तरकारी नेपाल ल्याउन दिएर सरकारले मन्द विष दिइरहेको सांसद भुसालको आरोप छ ।
भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादीको मात्रा परीक्षण गर्ने कार्य सरकारले रोकेको भन्दै यसबाट सरकारले जनतालाई मार्न खोजेको उनको आरोप थियो ।
उनले भनिन्, ‘यो सरकारलाई ३ करोड जनसङ्ख्या अत्यन्त बढी लाग्यो कि विषादीयुक्त खानेकुराहरु दिनका लागि मन्द गतिबाट विषपान गराएर जनसङ्ख्या घटाउने उद्दतमा किन लाग्यो यो सरकार ? यसको जवाफ सदनमा दिनुपर्नेछ ।’
नेतृ भुसालले विषादी परीक्षण स्थगनको सम्बन्धमा प्रधानमन्त्रीले सफेद झुट बोलेको आरोप लगाइन् ।
परराष्ट्र मन्त्रालय हुँदै उदोग मनत्रालयमा पुगेको पत्रलाई प्रधानमन्त्रीले कुन पत्र, के को पत्र, कसले दिएको पत्र, कसले पढेको पत्र’ भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको पनि आरोप लगाइन् ।
सरकार नीतिगत भ्रष्टाचारमा तल्लीन रहेको र राज्यको ढुकुटीमा नीतिगत भ्रष्टाचार भइरहेको भन्दै ढुकुटी रित्तिने गरी भ्रष्टाचार गर्ने तर, विषादी परीक्षण गर्ने ल्याब छैन भन्ने भन्ने सरकारको बहाना मात्रै भएको उनको आरोप छ । उनले प्रश्न गरिन्, ‘विष खाएर नेपाली जनताले आफ्नो ज्यानको आहुती दिनुपर्ने हो ?’ सरकार जवाफ चाहियो ।








