काठ्माण्डौ-
नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठक शुक्रवारबाट पार्टी कार्यलय बिपिनगर सानेपामा सुरु भएको छ ।
आज शुरु भएको बैठकमा नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको पार्टीको प्रस्ताबित नियमावली केन्द्रित छलफल भएको हो ।
आजको बैठकमा पार्टिका बारीष्ठ नेता नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु – प्रकाशमान सिंह, डा . रामशरण महत, नरहरि आचार्य, डा . मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, डा . शेखर कोइराला, नविन्द्रराज जोशी, रत्न शेरचन, शंकर भण्डारी, किशोरसिंह राठौर, गगनकुमार थापा, जीवन परियार, किरण यादव, सरिता प्रसाई, अतहर कमाल मुसलमान र आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले आ-आफ्नो धारणा राखेका छन ।
नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको नियमावलीलाई थप ब्यबस्थित र परिष्कृत बनाउन केन्द्रिय समितिमा गम्भिर छलफल थालिएको र नियमावली माथिको छलफल अझै एक दिन लम्बिन सक्ने पार्टी केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले न्यू सञ्चारलाई बताए ।
केन्द्रिय समितिको अर्को बैठक आइतबार बस्ने बताइएको छ ।








