काठमाडौं–
नेपाली कांग्रेसले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिन सरकारलाई दवाव दिन सुरु गरेको छ। आईतबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा नेपाली कांग्रेस सचेतक पुष्पा भुसालले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिक तोक्न सरकारलाई दवाव दिएकी हुन्।
ज्येष्ठ नागरिक सम्बन्धि विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले ज्येष्ठ नागरिकको उमेर ७० वर्षनै राख्नुपर्ने सरकारको प्रस्तावमा पुनर्विचार गर्नुपर्ने पार्टीको पूरानै अडान दोहोर्याइन । सचेतक भुसालले भूगोललाई हेरेर पनि सरकारले ६५ वर्ष उमेर पूरा गरेका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिई सेवा, सुविधा उपलब्ध गराउनुपर्ने तर्क गरिन्।
उनले विधेयकमा अति ज्येष्ठ नागरिक’ भन्ने प्रावधान राखिएकोमा आपत्ति जनाउदै ज्येष्ठ नागरिकहरुलाई वर्गीकरण गर्न नहुने भनाई राखिन्।










