काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा असन्तुष्ट समुहले छुट्टै भेला सम्पन्न गरेको छ । नेकपाको केन्द्रीय समानान्तर सचिवालयका संयोजक युवराज सफलद्वारा जारी विज्ञप्तिमा यही असार ३० गते बसेको पार्टी केन्द्रीय कार्यालय (हेर्ड क्वाटर) बैठकले समसामयिक राजनीतिक विषयवस्तु र पार्टीका महत्वपुर्ण विषयमा गम्भीर ढंगले छलफल गरेको उल्लेख छ ।
उक्त बैठकले पार्टीको नामाकरणको सम्बन्धमा असन्तुष्ट समुहहरुले बद्लिदो परिवेशसँगै पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै राख्ने निर्णय गरेको छ । साथै र यही नाममा समान्तर पार्टी गतिविधि गर्ने निर्णय समेत नेकपाको समानान्तर कमिटिले सर्वसम्मत पारित गरेको छ। पार्टीको सचिवालय गठन सम्बन्धमा १३ सदस्यीय केन्द्रीय समानान्तर सचिवालय गठन गर्ने निर्णय उसले निर्णय गरेको हो ।
सचिवालयको अध्यक्षमा अध्यक्षमा युवराज सफल, वरिष्ठ नेता डा. मोजराज बगाले, वरिष्ठ नेता डिबी थापा, वरिष्ठ नेता सिद्धार्थ अधिकारी, वरिष्ठ नेता भोजराज श्रेष्ठ, महासचिव डिबी बुढा, सचिवालय सदस्यहरु शुशिल योगी, राजकुमार हुमागाई, धिरेन्द्र झा, जेएन घिमिरे, पुरुषोत्तम गजुरेल, आशिष तामाङ्ग र राम बुढाथोकी रहेका छन् । उक्त समानान्तर भेलाले पार्टी भेला तथा पुर्ण केन्द्रीय समिति घोषणा गर्ने निर्णयष् पनि गरेको छ ।
तत्कालीन नेकपा (माओवादी)केन्द्रमा एकीकरण गरेका ४२ भन्दा बढी राजनीतिक पार्टी र तत्कालीन नेकपा (एमाले)र (माओवादी) केन्द्रका जिम्मेवारीविहिन केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य लगायतको भेला मिति २०७६ असोजमा बोलाउने मिति समेत तय गरेको छ । उक्त भेलाबाटै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुर्ण केन्द्रीय समानान्तर समिति घोषणा गर्ने तथा सचिवालय गठन गर्ने विज्ञप्तिमा उल्लेख छ ।








