काठमाडौँ –
सरकारका सामान्य प्रशासनमन्त्री एबम नेकपा नेता लालबाबु पण्डितको राजीनामा माग गर्दै मंगलबार काठमाडौँमा प्रर्दशन गरिएको छ ।
समावेशी सिद्धान्त विपरित खुलाइएको लोक सेवा आयोगको विज्ञापन तत्काल खारेज गर्न माग गर्दै आएको आरक्षण बचाऔं आन्दोलनले काठमाडौँको माइतीघर मण्डलामा प्रर्दशन गर्दै मन्त्री पण्डितको राजीनामा माग गरेको हो ।
प्रर्दशनीमा उत्रिएका महिला, दलित, जनजाति, मुस्लिमलगायतका समुदायहरुले संविधान विपरित स्थानीय तहको विज्ञापन खुलाइएको दावी गर्दै तत्काल खारेज गर्न लोक सेवा आयोगलाई पनि दवाव दिएका छन ।
मन्त्री पण्डितले समाबेशी सिद्दान्त बिपरित लोक सेवाले गरेको विज्ञापनको सम्रक्षण गरेको आरोप प्रदर्शनकारिहरुले लाएका छन ।

‘सिमान्तकृत समूदायको अधिकार सुनिश्चित गर’, ‘लोक सेवा आयोगलाई बाहुन सेवा आयोग बनाउन पाईदैन’, लगायतका प्लेकार्ड बोकेका उनीहरुले समावेशी सिद्धान्तको खिल्ली उडाउने काम गरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।








