जनतालाई बासको चिन्ता, सरकारलाई स्विमिङ पुल सहितको मन्त्रीनिवासको चिन्ता : कांग्रेस नेता गुरुङ



काठ्माण्डौ-

कांग्रेस नेता धनराज गुरुङले बर्तमान सरकार र सरकारका मन्त्रीहरु आफै सामन्तबादको प्रतिक भएको बताएका छन ।  नेता गुरुङले जनता बिर्सेर आफ्नो सुख सुबिधामा मात्रै ध्यान दिनु सामन्तबादी चिन्तन हो भनेका छन ।

न्यू सञ्चारसग कुरा गर्दै नेता गुरुङले जनता डुबान र बाढी पहिरोले पिडित हुँदा सरकारले बेवास्ता गरेको आरोप लगाए ।
नेता गुरुङले स्विमिङ पुल सहितको मन्त्री निवास बनाउने सरकारी तयारी प्रती सामाजिक सञ्जाल मार्फत पनि आक्रोश ब्यक्त गरेका छन ।

उनले सामाजिक सञ्जाल ट्विटरमा डुवानमा परेका जनतालाई सुरक्षित बासको चिन्ता, सरकारलाई भने स्विमिङ पुल सहितको मन्त्रीहरुकै निवास बनाउने चिन्ता भन्दै सरकारप्रती आक्रोशपुर्ण प्रतिक्रीया ब्यक्त गरेका छन ।

प्रकाशित मिति : श्रावण ३, २०७६ शुक्रबार  १ : ५१ बजे