नेपाली कांग्रेसले एक बिज्ञप्ती प्रकाशित गर्दै गुल्मीको सत्यवति गाउँपालिकाका २ वटा वडामा गएको पहिरोमा पुरिएर करीब एक दर्जन व्यक्तिको अकालमै मृत्यु भएको तथा केही वेपत्ता र घाइते भएको घटनाप्रति दुःख प्रकट गरेको छ।
साथै उक्त पहिरोमा परी अकालमै निधन भएका सबैप्रति कांग्रेसले बिज्ञप्ती मार्फत श्रद्धाञ्जली ब्यक्त गर्दै घाइते हरुको उपचारको उचित प्रबन्ध मिलाउन सरकार सग माग गरेको छ ।
श्रावण ७, २०७६
प्रेस विज्ञप्ति
गुल्मीको सत्यवति गाउँपालिकाका २ वटा वडामा गएको पहिरोमा पुरिएर करीब एक दर्जन व्यक्तिको अकालमै मृत्यु भएको तथा केही वेपत्ता र घाइते भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख प्रकट गर्दछ । अकालमै निधन हुनु भएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुका शोक सन्तप्त परिवार तथा आफन्तजनहरुप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ ।
यस विपदमा परी घाइते हुनु भएकाहरुलाई तत्काल उद्धार गरी आवश्यक सम्पूर्ण उपचारको व्यवस्था गर्न र अकालमा जीवन गुमाउन पुगेका पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था तत्काल गर्न नेपाली कांग्रेस सरकारसँग आग्रह गर्दछ ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव










