बाढी पिडितहरुलाई नेविसंघद्वारा विशेषज्ञ चिकित्सकको टोली सहितको निशुल्क स्वास्थ्य शिबिर आयोजना



काठमाडौं-

वीपी कोइरालाको ३७ औं स्मृति दिवस को अवसमा नेविसंघले बाढी प्रभाअबित क्षेत्रका पिडित हरुलाई निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेको छ । नेविसंघले शिक्षण अस्पतालबाट विशेषज्ञ चिकित्सकको टोली प्रभावित क्षेत्रमा लगेर निःशुल्क उपचार गराएको हो ।

नेविसंघका पूर्व महामन्त्री मनोजमणि आचार्यको नेतृत्वमा पूर्व महामन्त्री प्रतिमा गौतम्,तेस्तै बिधार्थी नेताहरु दीपक भट्टराई, हरिहर शर्मा, पवन नेपालि, भोला नेपाल्, कल्पना खड्का लगायतको टोलीले रौटहट र सर्लाहीका बाढी तथा डुबान पीडितहरुको निःशुल्क उपचार गरेको हो ।

रौतहटको गढिमाई नगरपालिकामा साउन ६ गते गरेको निःशुल्क शिविरबाट ५३० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथै निःशुल्क औषधि सेवा लिएको तेस्तै ७ गते सर्लाहीको धनकौली गाउँपालिका ३ मा झण्डै ६०० जनालाई निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथै निःशुल्क औषधि वितरण गरेको नेविसंघका निबर्तमान केन्द्रिय सदस्य पवन नेपालिले बताए ।

नेविसंघपूर्व महामन्त्री मनोजमणि आचार्यले पीडितको घाउमा थोरै भए पनि मलम लागाउने प्रयास स्वरुप चिकित्सकको विशेषज्ञ टोली लगेर उपचार गराइएको बताए ।

प्रकाशित मिति : श्रावण ८, २०७६ बुधबार  ८ : २५ बजे