भक्तपुर बारमा नेकपा र नेमकिपा निकट कानुन ब्यबसायि पत्तासाफ गर्दै डिएलएको प्यानल बिजयि



भक्तपुर-

नेपाल बार एसोसिएसन भक्तपुरको चुनाबमा नेपाली कांग्रेस निकट डिएलएको प्यानलले नेकपा र नेमकिपा निकट कानुन ब्यबसायिको प्यानललाइ पराजित गरेको छ ।

शनिबार भएको भएको निर्बाचनमा नेपाली कांग्रेस निकट डिएलएका  रबिन्द्र प्रधानको पुरै प्यानल निर्बाचित भएको हो ।

अध्यक्षका उम्मेदवारहरु नेकपा निकट एनएलएका राम भक्त सुवालले ४१ मत ल्याए भने नेमकिपा निकट कानुन अध्ययन समाजका राधे श्याम सुवालाले १५ मत प्राप्त गर्दा कांग्रेस निकट डिएलएका  रबिन्द्र प्रधानले ९५ मत प्राप्त गरी बिजयि बनेको प्रमुख निर्बाचन अधिकृत गजेन्द्र शङ्कर तिमीलाले न्यू सञ्चारलाई बताए ।

यस अघी काठ्माण्डौ जिल्लाबारको निर्बाचनमा पनि कांग्रेस निकट डिएलएको प्यानलनै निर्बाचित भएको थियो ।

प्रकाशित मिति : श्रावण ११, २०७६ शनिबार  ३ : १४ बजे