काठ्माण्डौ-
नेकपाको सचिवालय बैठक फेरि सरेको छ। आइतबारका लागि बोलाइएको बैठक सोमबार ३ बजेका लागि सारिएको छ।
बैठक पार्टिको बिचार पाठशाला मानिने स्कूल विभागको नेतृत्वको जिम्मेवारी कसले लिने भन्ने बिबाद बढ्दै गएपछी लगातार सर्दै आइरहेको छ ।
शुरुमा स्कुल बिभागको जिम्मेवारी ईश्वर पोखरेलाई कि नारायणकाजी श्रेष्ठलाई भन्ने विवाद भए पनि हाल उक्त बिभागको जिम्मेवारिमा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी समिति सदस्य घनश्याम भुषालले समेत दाबी गरेपछी बिबाद झन जटिल बन्दै गएको नेकपाका एक नेताले बताए
३२ वटा केन्द्रीय विभागसहित जनसंगठनका इञ्चार्जहरुको टुंगो लगाउन आज बस्ने भनिएको बैठक सारिएको हो।
पार्टीको स्कुल विभागमा आंकाक्षी नेताहरु बढेपछि पार्टीले जिम्मेवारी बाडफाँड गर्न नसक्दा बैठक सरेको बताइएको छ। स्कूल विभाग दाबी गर्ने नेता हरु मध्य पनि पूर्व एमालेका इश्वर पोखरेल र पूर्व माओवादीका नारायणकाजी श्रेष्ठबीच नै प्रमुख दाबी रहेको बुझिएको छ।








