कांग्रेस र राजपाका सांसदले लगातार ३९ मिनेट नाराबाजी गरेपछी संसद बैठक स्थगित



काठमाडौं-

नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदहरुको  नाराबाजी  पछी प्रतिनिधिसभाको आज को बैठक स्थगित भएको छ ।

कांग्रेस र राजपाका सांसदले गत असारमा प्रहरीको कारवाहीमा सर्लाहीमा मारिएका कुमार पौडेल तथा बालुवा निकालेको खाल्डोमा परी सर्लाही ईश्वरपुरका १२ वर्षीय बालक अमित रायको मृत्यु भएको घटनालाई लिएर प्रदर्शनमा उत्रेका स्थानीयवासी र प्रहरीको झडपका क्रममा केवल महतोको मृत्यु भएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै नाराबाजी समेत गरेपछी बैठक स्थगित भएको हो ।

कांग्रेस र राजपाका सांसदले संसदीय समिति गठनको माग गर्दै आ–आफ्नो आसनबाट उठेर विरोध गरेका थिए । सभामुख कृष्णबहादुर महराले बैठकको नियमित कार्यसूचीमा प्रवेश गर्ने बताएपछि कांग्रेस र राजपाका सांसद सभामुखको आसन अगाडिको रोष्टममा पुगेर नाराबाजी गर्दै विरोध जनाएका थिए ।

कांग्रेस र राजपाका सांसदले बैठक अवरुद्ध गर्दै करिब ३९ मिनेट नाराबाजी गरेका थिए।  ‘कब्जामा लिएर’ प्रहरीले उनको हत्या गरेको भन्दै संसदीय छानबिन समिति गठन गर्न  सांसदहरुले माग गर्दै आएका छन ।

सांसदहरुले अवरोध जारी सभामुख महराले अर्को बैठक साउन १५ गते बस्ने गरी स्थगित गरेका छन ।

 

 

प्रकाशित मिति : श्रावण १३, २०७६ सोमबार  ९ : ५५ बजे