काठ्माण्डौ-
नेकपाको स्कुल बिभाग लगायातका महत्वपुर्ण बिभागमा नेतृत्व पाउनका लागी दौड धुप गर्दै बाद्बिबादमा उत्रीएका नेकपा नेता हरुले केहि समय बिश्राम पाएका छन ।
पार्टिका अध्यक्ष प्रचण्ड पारिवारिक भ्रमणका लागी दुबइ र प्रधानमन्त्री तथा पार्टिका अर्का अध्यक्ष केपी शर्मा ओलि उपचारका लागी सिङ्गापुर जाने भए पछी नेताहरुको रस्साकस्सी केहि समयका लागी थाती रहने भएको हो ।
यसै बिच नेकपाको एकीकरण प्रक्रियामा बिबाद बढी रहेका बेला नेकपा अध्यक्ष प्रचण्ड पारिवारिक भ्रमणका लागि आज दुबई हिडेका छन । । अस्वस्थ पत्नी सीताको दुबई भ्रमण गर्ने इच्छा पूरा गर्न अध्यक्ष दाहाल दिबै पुगेका हुन ।
तेस्तै प्रधानमन्त्री केपी शर्मा ओली पनि उपचारका लागि आगामी शनिबार सिंगापुर उड्ने छन ।प्रधानमन्त्रीको स्वदेश फर्किने तालिका जानकारिमा आइसकेको छैन ।
अध्यक्ष प्रचण्ड भने शनिबार काठमाडौं फर्कने दाहालको निजी सचिवालयले जनाएको छ ।
दुबै अध्यक्ष बिदेश हिडेपछी नेकपाभित्र विभाग गठन प्रक्रिया भने थप अन्योलमा परेको छ । स्कुल विभागमा कसको नेतृत्व भन्ने प्रश्न नेकपा भित्र थप पेचिलो बनेको छ ।
दुबै अध्यक्षहरुले पटक पटक कुरा गरेर नेतृत्व टुङ्याउन खोज्दा पनि नसकेपछी बिषय थप जटिल बन्दै गएको नेकपाका एक नेताले बताए ।
स्कुल विभागमा मात्र नभई अन्य विभागमा समेत नेतृत्व टुंगो नलागेको बताइएको छ ।
शुरुमा स्कुल बिभागको जिम्मेवारी ईश्वर पोखरेलाई कि नारायणकाजी श्रेष्ठलाई भन्ने विवाद भए पनि हाल उक्त बिभागको जिम्मेवारिमा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी समिति सदस्य घनश्याम भुषालले समेत दाबी गरेपछी बिबाद झन जटिल बन्दै गएको नेकपाका ति नेताले बताए ।








