बिप्लब समुहकी नेतृ ‘भृकुटी’ पक्राउ



काठ्माण्डौ-

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी नेतृ धिरेन्द्र उपाध्याय ‘भृकुटी’ पक्राउ परेकी छन्।

क्रान्तिकारी महिला संघी महासचिवसमेत रहेकी पूर्वसभासद भृकुटी काठमाडौं बुढानिलकण्ठबाट पक्राउ परेकी हुन् ।

उनी पार्टीको उपत्यका विशेष ब्यूरो अन्तर्गत काठमाडौं जिल्लाका सेक्रेटरी पनि रहेका छन् ।

केही समयदेखि नै उनलाई प्रहरीले खोजी गरेको समाचार आइरहेकै बेला काठमाडौंबाटै गिरफ्तार परेकी हुन् ।

उनको गिरफ्तारिबारे थप खुलाईएको छैन ।

प्रकाशित मिति : श्रावण १४, २०७६ मंगलबार  १ : ०५ बजे