काठमाडौं-
संसद् बैठकलाई सुचारु गराउन सभामुख कृष्णबहादुर महराले पहल थालेका छन्। गत असार २४ बाट निरन्तर अवरुद्ध हुँदै आएको संसद्को अवरोध खुलाउन आवश्यक छलफलका लागि सभामुख महराले आज सर्वदलीय बैठक डाकेका छन्।
नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहीबार मध्यान्ह १२ बजे बैठक बोलाइएको हो।
कांग्रेस र राजपाका सांसदहरुले यस अघिका बैठकहरुमा लगातार अवरोध जारी राखेका थिए । कांग्रेस र राजपाका सांसदहरुको बिरोध र नाराबाजिका कारण अबरुद्द बैठक खुलाउन सभामुख महराले बल्ल प्रयास शुरु गरेका छन्
नेपाली कांग्रेस र राजपा नेपालले संसदीय सर्वोच्चता कामय गर्न, कुमार पौडेल प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न, निर्मला पन्तका अपराधी पत्ता लगाउन माग गर्दै असार २४ गतेदेखि निरन्तर संसद् बैठक अवरोध गरेका हुन भने सत्तापक्ष भने संसदीय समिति बनाउन नपर्ने अडानमा छ।
बुधबार बसेको संसद् बैठकमा पनि करिब एक घन्टा नाराबाजी गरेपछि बिहीबार दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको थियो।








