बिराटनगरमा खारजी ग्रीन पार्कको उद्घाटन ,उत्कृष्ठ कार्यसम्पादन गर्ने कन्ट्रक्सन सम्मानित



गोपाल पोखरेल

विराटनगर, १६ साउन

सघन शहरी विकास कार्यक्रम अन्तरगत विराटनगर महानगरको समन्वयमा राजबंशी चोक पश्चिम खारजी सडकमा बनेको पार्कको उद्घाटन गरिएको छ ।

एक कार्यक्रमका वीच विहिवार विराटनगर महानगरका मेयर भीम पराजुलीले वडा नं ४ मा रहेको खारजी ग्रीन पार्कको उद्घाटन गरेका छन्  कार्यक्रममा बोल्दै मेयर पराजुलीले विराटनगरका १९ वटै वडामा एक पार्क निर्माणको योजना महानगरपालिकाले बनाएको बताए । शहरको सौन्दर्य बढाउने यसखाले पार्क सहित उचित स्थानमा शौचालय थप गर्दे जाने बताए । बनेका सम्पदाको संरक्षण महानगर एक्लैले गर्न नसक्ने भन्दै पराजुलीले महानगरवासी सवैले साथ सहयोग गर्न आग्रह गरे । विग्रेका कुराको समयमै जानकारी दिन र जनप्रतिनिधिहरुलाई घचघचाउन समेत आग्रह गरे । उनले हरेक पार्कहरुमा फ्री वाइ फाइको व्यवस्था गरिने बताए । मेयर पराजुलीकै सक्रियतामा विराटनगरका विभिन्न चोकहरुमा फ्री वाइफाइ समेत जडान भइसकेको छ । पार्कलाई ब्यवस्थित गर्ने र नभएका ठाउँमा नयाँ पार्क बनाउने अभियान सहित महानगरले विभिन्न स्थानलाई छनौट समेत गरिसकेको छ ।

। झण्डै २ कठ्ठा क्षेत्रफलमा बनेको पार्कमा दुइ आरामस्थल बनाएका छन् भने विभिन्न प्रकारका वृक्षहरु लगाएका छन् । नमुनाका रुपमा बनेको पार्क कालिका कन्ट्रक्सनले विराटनगर महानगरको समन्वयमा बनाएको हो ।

तेस्तै कार्यक्रममा बोल्दै  विराटनगर उपमेयर ईन्दिरा कार्कीले नगरको सरसफाईमा पनि नगरवासीको भुमिका महत्वपुर्ण हुने भएकोले महानगरलाई साथ दिन आग्रह गरिन् । पार्क निर्माण भए संगै नगरको सौन्दर्य बढ्ने र यसको संरक्षण गर्ने दायीत्व टोलवासीको बिशेष रहने कार्कीले बताइन ।

यसैवीच विराटनगर महानगरले समय सिमाभन्दा पनि चाढो र उत्कृष्ठ कार्यसम्पादन गरेको भन्दै कालिका कन्ट्रक्सन र कन्ट्रक्सनका प्रोजेक्ट मेनेजर उज्जल प्रसाइलाई सम्मान समेत गरेको छ । सघंन शहरी विकास कार्यक्रम डियू डिविसी विराटनगर प्रोजेक्ट अन्तरगत कालिका कष्ट्रक्सनले ७९ करोड ६१ लाख ५१ हजार ५ सय १४ रुपैयामा लागतमा विराटनगरमा १ पार्क सहित १६ किलोमिटर कालोपत्रे ,३२ किलोमिटर आर सी.सी ड्रेन निर्माण,४ सय ४० वटा सोलार जडान सहित विराटनगरका विभिन्न वडाहरुमा काम गरेको छ । विराटनगरमा २ सय ५ दिन अगावै काम सकेको कन्ट्रक्सनका प्रोजेक्ट मेनेजर उज्जल प्रसाईले जानकारी दिए । कार्यक्रममा वडा नं ४ का कार्यबाहक वडाध्यक्ष तुलसी घिमिरे,टोल विकास संस्थाका मुरारी धिताल,वडा सदस्य बलक राजबंशी ,इन्जिनियर घनेश्याम काफ्ले लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : श्रावण १६, २०७६ बिहीबार  ३ : १२ बजे