कम्युनिष्टसग पराजय भोग्दा पनि नेताहरुले पाठ सिक्न सकेनन : कांग्रेस महामन्त्री कोइराला



सर्लाही-

कांग्रेस महामन्त्री डा . शशांक कोइरालाले कम्युनिष्टहरुसग ठुलो पराजय भोग्दा पनि कांग्रेस नेताहरुले त्यसबाट पाठ सिक्न नसकेको  बताएका छन ।

आइतवार सर्लाहीको लालबन्दीमा भएको कार्यकर्ता भेटघामा बोल्दै महामन्त्री कोइरालाले पार्टिका नेताहरुनै गुटको संरक्षक बनेकोमा असन्तुष्टी ब्यक्त गर्दै आ-आफ्नो गुटका मान्छे मात्रै हेरेर टिकट दिदा कम्युनिष्टहरुसग निर्बाचन हार्नुपरेको बताएका हुन ।

महामन्त्री कोइरालाले गुटबन्दी अन्त्य नगरेसम्म कांग्रेसलाइ बलियो बनाउन नसकिने धारणा राख्दै आगामी महाधिबेशनबाट पार्टी भित्रको गुटबन्दी अन्त्य गरिने बताए ।

तराइ मधेश पहिले कांग्रेसको गढ भएको स्मरण गर्दै कोइरालाले अहिले मधेशमा पार्टिको अवस्था तेती राम्रो नभएको बिचार समेत ब्यक्त गरे ।

कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले भने ‘पार्टिमा आदर्श र बिचार मर्दै र गुटबन्दी मौलाउदै गयो अब आगामी महाधिबेशनबाट यसको अन्त्य गर्नुपर्छ’

नेपाली कांग्रेसलाई बलियो र सक्षम होस भन्ने चाहना राख्ने सबैलाई गुटमा भन्दा सिङ्गो पार्टिमा बिश्वाश राख्न आग्रह गर्दै कोइरालाले पार्टिको नेतृत्व पङ्क्तिमा रहने नेताहरुलेनै गुटको वकालत गर्नु गलत भएकोमा जोड दिए ।

अब बिगतका कमी कमजोरिहरु बिर्सेर कोइरालाले आगामी महाधिवेशनपछि पार्टी भित्रका सबै किसिमका गुटउपगुट अन्त्य गरी पहिलो पार्टी बनाउने अभियानमा लाग्न पनि सबैलाई आग्रह गरे ।

कार्यक्रममा पूर्वमन्त्री द्वोय सञ्जय गौतम र शम्भुलाल श्रेष्ठ, कांग्रेसका सर्लाही जिल्ला सभापति नागेन्द्र राय, पूर्व जिल्ला सभापति लक्ष्मण रायलगायतको उपस्थिति थियो ।

आइतवार बिहान सदरमुकाम मलङ्गवामा पनि महामन्त्री कोइरालाको उपस्थितिमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको थियो ।

तेस्तै  आइतबार दिउसो सिराहा जिल्लाको लाहानमा कांग्रेस नेता पद्मानारायण चौधरिको घरमा सिराहा जिल्ला शभापती सहित जिल्लाका सबै नेता कार्यकर्ताहरुको उपस्थितिमा भेटघाट तथा अन्तर्क्रीया कार्यक्रम सम्पन्न भएको छ ।

महामन्त्री कोइराला भोलीनै काठ्माण्डौ फर्किने कार्यक्रम रहेको छ ।

 

 

प्रकाशित मिति : श्रावण १९, २०७६ आइतबार  १२ : ५७ बजे