नक्कली कागजात पेश गरी नेपाली नागरिकता लिने ८ जनाको नागरिकता रद्द



 

मन्त्रिपरिषद् बैठकले नक्कली कागजात पेश गरी नेपाली नागरिकता लिने ८ जना भारतीयको नागरिकता रद्द गरेको छ । नक्कली कागजातका आधारमा लिईएका नागरिकता रद्द गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्री परिषद बैठकाका निर्णय सार्बजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बताए ।

सरकारले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गत वर्ष भएको आन्दोलनमा घाइते भएका अर्जुन भण्डारीलाई राहत स्वरुप मासिक २५ हजार रुपैयाँ दिने र घाइते भण्डारीलाई कुरुवा समेत व्यवस्थाको निर्णय भएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

यस्तै, मन्त्रिपरिषद्ले सशस्त्र प्रहरीका ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । सीमा सुरक्षा विभागका पुष्पराम केसीलाई सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । यस्तै, मानवस्रोत साधन विभागका नारायणबाबु थापाको सीमा सुरक्षा विभागमा र मानव स्रोत साधन विभागमा रामशरण पौडेलको सरुवा भएको पनि मन्त्री बाँस्कोटाले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण १९, २०७६ आईतबार  १ : ३७ बजे