संसद बैठकमा नेकपा सांसद महतको प्रश्न: के कुलमान र वर्षमान दुइ श्री ३ जन्मेका हुन् ?



काठमाडौं–

नेकपाका सांसद गजेन्द्रबहादुर महतले उर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्री ३ महाराज  भन्दै सांसद बैठकमै आक्रोश पोखेका छन्।

प्रतिनिधिसभाको मङ्गलबारको बैठकको विशेष समयमा बोल्दै सांसद महतले कर्णालीको सदरमुकाम जुम्लामा २०३८ सालमा बनेको २ सय किलोवाटको वत्ती बिग्रिएका कारण जिल्ला अन्धकारमा पर्दा पनि सम्बन्धीत निकायले चासो नदेखाएको भन्दै आक्रोश पोखेका हुन् । जिल्लावासीको समस्याबारे जानकारी गराउन खोज्दा उर्जा मन्त्री र प्राधिकरणका कार्यकारी निर्देशकले भेट नदिएको सांसद महतको भनाई छ ।

मंगलबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै महतले अहिले कर्णालीको सदरमुकाम जुम्ला अहिले अँध्यारो रहेको र त्यस विषयमा मिडिया समाचार आएको र सामाजिक सञ्जालमा पनि चर्चा भएको तर सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाए।

हामीले धेरै फोन गरिसक्यौं, धेरै भेट्न कोसिस गरिसक्यौं, हाम्रा श्री ३ महाराजलाईु, महतले भने, हाम्रा श्री ३ महाराज भनेका कुलमान घिसिङ र उर्जामन्त्री वर्षमान पुन हुन्। फोन पनि उठ्दैन। भेटघाट गर्न पनि पाइँदैन।

उनले श्री ३ महाराजुको फोन कसरी उठ्ने र भेट गर्न कसरी पाइने हो भन्दै प्रश्न गरेका थिए।उनले बिजुली बत्ति नभएका कारण मोबाइल चलाउन नपाएर गाह्रो भइरहेको पनि बताए।

हामीले यति प्रगति गर्‍यौं भनेर यिनीहरु कुर्लेका कुर्लै छन्। भारतलाई बत्ति बेच्दैछौं भन्छन्। कृपया हामीलाई बेचिदिनुस्। जुम्लालाई बेचिदिनुस्। तपाईंहरुको बत्ति कति छ हामीलाई बेचिदिनुस्। त्यहाँ पनि नागरिक छन्। जनता छन्। मोबाइल छन्। पढ्ने विद्यार्थी छन्। बिरामी छन्, उनले भने।

उनले श्री ३ महाराजुलाई जुम्लाको समस्या हेरिदिन अनुरोध गरे।

उनले श्री ३ महाराजुहरुले कमिशन आउने ठाउँमा मात्रै सेवा विस्तार गर्ने गरेको विषय आफूले सुनेर र अहिले विश्वास लागेको बताए।

 

जहाँ कमिशन आउँछ, त्यहाँ मात्रै विस्तार गर्छन् भन्ने आफुलाई बिश्वाश लागेको समेत उनले बताए ।

 

प्रकाशित मिति : श्रावण २१, २०७६ मंगलबार  ११ : ३३ बजे