सरकारका कारण ब्यबस्थामाथी नै सङ्कट – कांग्रेस वरिष्ठ नेता पौडेल



काठमाडौं

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनचाहना अनुरुप काम नगर्दा अहिलेको वयवस्थाप्रति जनतामा निराशा र वितृष्णा देखिएको भन्दै जनतामा वयवस्थाप्रति देखिएको निराशा र वितृष्णाप्रति गम्भीर बन्नुपर्ने अवस्था रहेको बताए । । कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको पाल्पा–काठमाडौं सम्पर्क समितिले  कमलादीमा आयोजना गरेको सम्मान कार्यक्रममा बर्तमान सरकार देश जनता र  ब्यबस्था प्रती हदै सम्म गैह्र्जिम्मेवार बनेको पौडेलले आरोप लगाए । वरिष्ठ नेता पौडेलले मुलुकको अवस्थाप्रति सबै गम्भीर बन्नुपर्नेमा जोड दिए ।

“देश अहिले गम्भीर अवस्थामा छ । देशको अवस्थालाई लिएर हामी सबै राजनीतिक दल, बुद्धिजिवी, सचेत नागरिकहरु गम्भीर बन्नुपर्छ,” उनले भने । नेता पौडेलले राजनीति सफा नभएसम्म मुलुक अगाडि बढ्न नसक्ने पनि बताए ।७० वर्ष लामो संघर्षपछि प्राप्त व्यवस्थालाई सबैले मिलेर सफल बनाउनुको विकल्प नभएको उनको भनाइ थियो । “७० वर्षको लामो संघर्षपछि राजनीतिक प्रणालीलाई एउटा टुंगोमा पु¥याएका छौं,” नेता पौडेलले भने, “देशको अहिलेको व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउनुको विकल्प छैन ।”

नेविसंघको पाल्पा–काठमाडौं सम्पर्क मञ्चले पाल्पा घर भइ काठमाडौंमा अध्ययनरत २०७५ सालको एसईई परिक्षा र प्लस टु परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको थियो ।

प्रकाशित मिति : श्रावण २५, २०७६ शनिबार  ११ : ३५ बजे