कांग्रेस केन्द्रीय समितिद्वारा पार्टी स्थानीय तहको संरचना बनाउन अन्तरिम व्यवस्था निर्देशिका पारित



काठमाडौं-

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले  स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६ सर्वसम्मतिले पारित गरी लागू गर्ने निर्णय गरेको छ ।

विधानको धारा ५०(५) र धारा ७१ समेतको अधिकार प्रयोग गरी बैठकले नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६ सर्वसम्मतिले पारित गरी लागू गर्ने निर्णय गरेको हो ।

केन्द्रिय समितिले पारित गरी लागु गरेको अन्तरिम व्यवस्था निर्देशिका, २०७६ लाई पार्टीको आगामी महासमिति वा महाधिवेशनमा पेश गरी अनुमोदन गराउने बैठक पछी जारी गरिएको प्रेस बिज्ञप्तिमा जनाइएको छ ।

प्रेस बिज्ञप्तिको पुर्णपाठ्-

श्रावण २६, २०७६
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो । केन्द्रीय कार्यसमितिको आजको बैठकमा केन्द्रीय सदस्यहरु— महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, एन।पी। साउँद, उमाकान्त चौधरी, दीपक गिरी, महेन्द्र यादव, बद्री पाण्डे, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, हृदयराम थानी र शिवप्रसाद हुमागाईले ले आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।

बैठकको निर्णय देहाय बमोजिम रहेको छ—

९१० नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा ७२ ९४० बमोजिम पार्टीको स्थानीय तहको संगठनको अन्तरिम संरचना तुरुन्त गठन गर्न आवश्यक भएकोले विधानको धारा ५०९५० र धारा ७१ समेतको अधिकार प्रयोग गरी केन्द्रीय कार्यसमितिको बैठकले नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६ सर्वसम्मतिले पारित गरी लागू गर्ने निर्णय गरेको छ । यस निर्णयलाई पार्टीको आगामी महासमिति÷महाधिवेशनमा पेश गरी अनुमोदन गराइनेछ ।
९२० नेपाली कांग्रेस पार्टीका तर्फबाट खोटाङ्ग जिल्ला दिक्तेल रुपाकोटा मझुवागढी नगरपालिका वडा नं। १ को खुला वडा सदस्य पदमा निर्वाचित श्री बैजनाथ रिजाल २०७६ साल अषाढ २० गते नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मा प्रवेश गरी नेपाली कांग्रेस पार्टी परित्याग गरेकोले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ दफा ३१ तथा अन्य प्रचलित नेपाल कानून बमोजिम निज निर्वाचित भएको वडा सदस्य पद स्वतः रिक्त हुने भएकोले, सम्बन्धित मन्त्रालय तथा निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गर्दछ ।
९३० इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व “ईद उल जोहा” का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लीम दिदीवहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवं स्मृद्धिका लागि कार्यसमितिको यो बैठक शुभकामना प्रकट गर्दछ ।
९४० विगत केही दिनदेखि अस्वस्थ भई उपचारार्थ अस्पताल भर्ना हुनु भएका नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व महामन्त्री प्रकाशमान सिंहको शीघ्र स्वास्थ्यलाभको यो बैठक कामना गर्दछ ।
९५० सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको रात्रिबस श्रावण २४ धादिङको वेनीघाट नजिक त्रिुशली नदीमा खस्दा धेरैको मृत्यु र त्यसमा सवार कतिपय यात्रु वेपत्ता तथा गुल्मी र बझाङमा भएको सवारी दुर्घटनामा परी अकालमै ज्यान गुमाउनुु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्यसमितिको यो बैठक गहिरो दुःख प्रकट गर्दछ । साथै, शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गर्दछ ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक २०७६ श्रावण २९ गते दिउँसो १ बजे पुनः बस्नेछ ।

समवेदना
नेपाली कांग्रेस झापाका महाधिवेशन प्रतिनिधि गोपालकुमार बस्नेतका पिता, इलाम जिल्ला कार्यसमितिका पूर्व सदस्य एवं प्रजातन्त्र सेनानी ९६ वर्षीय टुङ्गबहादुर बस्नेतको गत श्रावण २४ गते झापामा, नेपाली कांग्रेस जिल्ला कार्यसमिति, स्याङ्जाका कार्यवाहक सभापति वुद्धिबहादुर ९कुमार० रानाको ७७ वर्षीय पिता एवं समाजसेवी टोपबहादुर रानाको गत श्रावण २३ गते स्याङ्जामा, बारा जिल्ला फेटा गाउँपालिका वडा नं। ७ का नेपाली कांग्रेसका पुराना नेता वासुदेव साह तेलीको गत श्रावण १६ गते, धनुषाको सबैला नगरपालिका वडा नं. ११ का पार्टी अध्यक्ष ५२ वर्षीय राम एकवाल यादव, नेपाली कांग्रेस सुनसरी जिल्लाका सल्लाहकार हिरालाल चौधरीको ममतामयी माता एवं ने.कां. दुहवी नगर कार्यसमितिका सदस्य मुन्ना चौधरी र नेपाल तरुण दल सुनवल नगरपालिका वडा नं. १२ का उपाध्यक्ष देवबहादुर थापा रामु को गत श्रावण १६ गते भएको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ ।

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै बैठकले उहाँहरुको आत्माको चिर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

प्रकाशित मिति : श्रावण २६, २०७६ आइतबार  २ : ४६ बजे