काठमाडौं
कांग्रेस नेता प्रकाशमान सिंह सोमबार डिस्चार्ज भएका छ्न्। ‘हाइ सुगर’,उच्च ज्वरो र पिसाबमा संक्रमण देखिएपछि भएपछि गत सोमबार दिउँसो नेता सिंह उपचारका लागि मेडिसिटी अस्पताल भर्ना भएका थिए।
चिकित्सकको सल्लाह अनुसार घरमा केही दिन अाराम गरेर पाटी काममा फर्कने नेता सिंहले बताए।सिंहलाई अझै केही दिन घरमै पुर्ण आराम गर्न चिकित्सकले सल्लाह दिएका छन्।आज साढे पाँच बजे अस्पतालबाट सिंह डिस्चार्ज भएको र चिकित्सकको सल्लाहअनुसार घर फर्के पनि अझै केही दिन पूर्ण आराम गर्ने सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिए ।
उपचारमा संलग्न चिकित्सकहरुको टिम ,अस्पताल ब्यवस्थापन, आफ्नो स्वास्थप्रति चासो राख्नु हुने स्वदेश तथा विदेशमा रहेका आफन्त, साथीभाइ, शुभचिन्तक पाटि का नेता कार्यकर्ता, सबैप्रति हार्दिक नेता सिंहअले आभार सहित धन्यवाद ब्यक्त गरे।










