हिनामिनाको आरोपमा वडाध्यक्ष थापालाई कालो मोसो र चप्पलको माला



म्यादी,

म्यादीको बेनी नगरपालिका २ का वडाध्यक्ष हिराबहादुर थापालाई विप्लव समूहका कार्यकर्ताले कालो मोसो र चप्पलको माला लगाइदिएका छन ।

वडा कार्यालयमा काम गरिरहेका थापालाई नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले बिहीबार बिहान ११ बजे मोसो र माला लगाएका हुन् । भकुण्डेस्थित वडा कार्यालयको कार्यकक्षमै पुगेका चार जना विप्लव समूहका नकावधारीले चप्पलको मालासहित मोसो दलेर भागेको प्रहरीले बताएको छ ।

थापा विरुद्ध वडाको बजेट मनखुसी बाँडेको, सिफारिस समेतका राजश्व हिनामिनागरी भ्रष्टाचार गरेको आरोप लगाइएको छ

प्रकाशित मिति : श्रावण ३०, २०७६ बिहिबार  ११ : २४ बजे