काठमाडौंमा वायु प्रदुषण विस्व स्वास्थ्य सङ्गठनले तोके भन्दा अत्याधिक बढी : काँग्रेस युबा नेता प्रदिप पौडेल



काठ्माण्डौ-

काँग्रेस युबा नेता प्रदिप पौडेलले नेपालको संविधानको धारा ३० ले प्रत्याभूत गरेको हरेक नागरिकले स्वच्छ वातावरणमा बाच्न पाउने हक नेपालीले कहिले पाउने भन्ने प्रश्न उठाएका छन ।

नेता पौडेलले काठमाडौंमा वायु प्रदुषणको अवस्था विस्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड भन्दा अत्याधिक बढी भएको टिप्पणी गरेका छन ।

नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमामा प्रतिकृया दिदै जाडो महीनामा ७८ गुणा बढी र अन्य समयमा १हप्ता पानी नपर्दा ३४ गुणा बढी प्रदुषण युक्त हुने र खोलानाला, ,फोहोर खानेपानीले  वातावरणीय सङ्कट निम्त्याएको अवस्थामा आउन लगेको वातावरण संरक्षण ऐनले समस्या समाधान गर्न नसक्ने टिप्पणी गरेका छन ।

 

प्रकाशित मिति : श्रावण ३०, २०७६ बिहिबार  १२ : ४९ बजे