रबी लामिछानेलाई ५ दिन थुनामा राख्न अदालतले दियो अनुमति



काठमाडौं-

सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टिभी प्रस्तोता रवि लामिछाले ५ दिन थुनामा रहने भएका छन्।

जिल्ला अदालत चितवनले लामिछानेलाई हिजो (बिहीबार) बाट लागू हुनेगरी थप अनुसन्धानका लागि ५ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो।

लामिछाने बिहीबार काठमाडौंबाट पक्राउ परेका थिए। उनलाई शुक्रबार बिहान चितवन लगिएको थियो। प्रहरीले अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालत पुर्‍याएको थियो।

उनीसँगै युवराज कँडेल र अस्मिता कार्कीलाई पनि पक्राउ गरेको थियो।

प्रकाशित मिति : श्रावण ३१, २०७६ शुक्रबार  ९ : २८ बजे