पार्टिले जुनसुकै बेलापनि सरकार बिरुद्द आन्दोलन शुरु गर्न सक्ने काँग्रेस शीर्ष नेताहरुको उद्घोष 



रुपन्देही –

काँग्रेसका शीर्ष नेताहरुले  सरकारको चर्को आलोचना गर्दै पार्टिले अब जुनसुकै बेलापनि सडाकबाट आन्दोलन शुरु गर्न सक्ने  बताएका छन ।

प्रदेश ५ स्तरिय महाधिवेशन प्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै शिर्ष नेताहरुले शान्ति-सुरक्षा स्थापना गर्न,सुसाशन र बिकाशको गातिलाई अघी बढाउन र जनचाहना अनुसार काम गर्न पुरै असफल भइसकेको सरकारका कारण मुलुकको लोकतन्त्र पनि खतरामा परेकोले अब आन्दोलनको बिकल्प नभएकोमा जोड दिएका हुन ।

कार्यक्रममा सभापति शेरबहादुर देउवाले  कुनैपनि बेला सडक आन्दोलनमा होमिनसक्ने चेतावनी दिए ।सभापति देउवाले सरकारले अभिव्यक्ति स्वतन्त्रताको हनन गर्नुका साथै मिडियालाई पनि नियन्त्रण गर्न खोजेको आरोप लगाए।

देउवाले  भने  ‘मानवअधिकार आयोग स्वतन्त्र हुनुपर्छ, तर सरकारले आयोगको अधिकार खोस्न खोजेको छ, सरकार प्रजातन्त्र सिध्याउने दिशातर्फ अघि बढ्न खोजेको छ। मिडिया काउन्सिल विधेयक प्रजातन्त्र विरुद्धको हस्तक्षेप हो,’

राणा शासन, पञ्चायत र राजतन्त्र विरुद्ध कांग्रेसले संघर्ष गरेको स्मरण गराउदै ओली सरकार प्रजातन्त्र विरुद्ध अगाडि बढे कांग्रेसले नछोड्ने चेतावनी समेत दिएका छन्।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले  नेकपाको कारण जनताले अहिले दुख पाएको भन्दै सरकारको आलोचना गरे ।वरिष्ठ नेता पौडेलले लोकतन्त्रको रक्षा गर्ने चुनौती खडा भएको बताए । उनले कांग्रेसको सिद्धान्त सधै विजयी भएको दावी गर्दै देशलाई फेरी कांग्रेसकै नेतृत्व चाहिएको बताए ।

पौडेलले नेकपालाई जनताले दुईतिहाई बहुमत दिएर पठाएको तर सरकारले दुईतिहाईलाई दुरुपयोग गरेको आरोप लगाए ।

तेस्तै कार्यक्रममा उपभापति विमलेन्द्र निधिले सरकारले लोकतन्त्र विरुद्ध काम गरिरहेको आरोप लगाए । उनले लोकतन्त्र रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए ।

केन्द्रीय सदस्य कृष्ण प्रसाद सिटौलाले अब कार्यकर्तामाझ मात्र नरहेर कांग्रेस जनतामाझ पनि जानुपर्ने बताए । ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले लोकतन्त्र रक्षाको लागि पार्टीले शान्तिपूर्ण संघर्ष गर्नुपर्ने बताए ।

प्रशिक्षण कार्यक्रम मंगलबारसम्म चल्नेछ । भदौ ५ र ६ गते कर्णाली प्रदेशको सुर्खेतमा प्रशिक्षण कार्यक्रम हुने छ।

सातै प्रदेशमा गर्ने भनिएको महाधिवेशन प्रतिनिधिका लागि दुई दिने प्रशिक्षण कार्यक्रम प्रदेश १ र सुदुरपश्चिम प्रदेशमा भने केही समयपछि मात्र संचालन गरिने बताइएको छ ।

 

 

प्रकाशित मिति : भदौ २, २०७६ सोमबार  १२ : २३ बजे