प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक



काठमाडौँ –

प्रधानमन्त्री केपी शर्मा ओलिले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।

बैठकमा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका नेताहरु, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवलगायतका नेता सहभागी छन ।नेकपा सचिबालयमा फरक मत दर्ता गराएका नेकपा नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल भने बैठकमा अनुपस्थित भएका छन् ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने चारवटा दलका नेतालाई मात्र आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा संक्रमणकालीन न्यायको विषयबारे विशेष छलफल हुने जनाइएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिनसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त गर्न ढिलाइ भइरहेका बेला ओलीले अरु दलसँग पनि छलफल गर्न बैठक बोलाएका हुन्।

प्रकाशित मिति : भदौ ३, २०७६ मंगलबार  २ : ०३ बजे