प्रधानमन्त्री ओलिलाई कांग्रेस नेता पौडेलको प्रश्न : समय रहुन्जेल घमण्ड र दम्भ पाल्ने, समस्या आए सबैलाई गुहार्ने ?



काठ्माण्डौ-

कांग्रेस युवा नेता प्रदीप पौडेलले सरकार र प्रधानमन्त्रीको  काम गर्ने शैली यस्तै कायम रहे लोकतन्त्र र ब्यबस्था प्रती जनताको अशन्तुष्टी बढ्दै जाने र त्यसले निम्त्याउने परिस्थितिको जिम्मेवारी बर्तमान सरकार, प्रधानमन्त्री ओलि र सत्तरुढ नेकपाले लिनु पर्ने बताएका छन । ।

न्यू सञ्चार सग कुरा गर्दै नेता पौडेलले  समय रहुन्जेल बहुमतको घमण्ड र दम्भ पाल्ने ,कसैको कुरा नसुन्ने, साशन ब्यबस्थालाई पार्टिकरण र निजिकरण गर्न खोज्ने र समस्या आए सबैलाई गुहार्ने प्रधानमन्त्री ओलिको शैली ठीक नभएको र यस्तै शैली कायम रहे दुर्घटना निम्तीन सक्ने समेत नेता पौडेलले बताएका हुन ।

नेता पौडेलले नेकपाका नेताहरुले निर्बाचन अघी जनतासग गरेका प्रतिबद्दता भन्दा ठीक उल्टो परिणाम दिएकाले जनतामा आक्रोश र निरासा बढ्न थालेको समेत बताए ।पौडेलले अब गफ र भाषण सुनेर मात्रै जनताले चित्त नबुझाउने टिप्पणी गरे ।

सामाजिक सञ्जाल ट्विटरमार्फत पनि प्रधानमन्त्रीलाई सम्बोधन गर्दै नेता पौडेलले भ्रष्टाचार शून्यता , सुशासन, निष्पक्ष र पारदर्शिता कायम राख्दै विधिको शासन, विकास र समृद्धिको बाटोमा देशलाई अगाडि लैजाने जिम्मेवारी सरकार प्रमुखको हैसियतले प्रधानमन्त्रीको भएको र सरकारले उक्त जिम्मेवारी निर्बाह नगरेकै कारण जनतामा ब्यबस्था प्रतीनै अबिस्वाश पैदा भएको आशय ब्यक्त गरेका छन ।

नेता पौडेलले भ्रष्टाचार नियण्त्रण गर्दै बिकाश र सम्बृद्दिको लागी सरकारले इमान्दारिता देखाए सहयोग गर्ने उल्लेख गरेका छन  ।

प्रकाशित मिति : भदौ ५, २०७६ बिहिबार  ४ : ३१ बजे