समाज एकातिर राजनीति अर्कैतिर : काँग्रेस युवा नेता प्रदीप पौडेल



काठ्माण्डौ-

नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले राजनितिले समाजको गतिलाई बुझ्न नसकेको बताएका छन ।

शुक्रबारबाट भृकुटी मण्डपमा सुरु गरेको ‘नेपाल एजुकेसनल फेस्टिभल’ को उद्घाटन गर्दै नेता पौडेलले मुलुकको अवस्था हेर्दा राजनीतिले समाजको वास्तविक विषयहरुलाई उठाउन नसकेका कारण समाज एकातिर र राजनीति अर्कोतिर गइरहेको बताए ।

नेता पौडेलले राजनितिकर्मिहरुले मुलुकको सही गन्तव्य अहिले पनि पहिल्याउन नसकेको औल्याउदै मुलुकको प्राथमिकता छुट्याएर अयसका आधारमा काम गर्नुपर्नेमा जोड दिए ।पौडेलले भने, ‘राजनीतिमा नयाँ नेतृत्व आवश्यक छ, ‘देशलाई चाहिएको कुरा जसले गर्न सक्छ त्यो नेतृत्वमा आउन सक्छ । लामो समय निरन्तरता दिएको, जेलनेल बसेको, पार्टीमा धेरै अगाडिदेखि लागेको मान्छेले मात्रै नेतृत्व लिन सक्न भन्ने कुरा अब विस्तारै गलत हुँदै गइरहेको छ’  ।

फरक प्रसङ्गमा बोल्दै नेता पौडेलाले मुलुकमा राजतन्त्रा फालिए पनि राजतन्त्रात्मक प्रवृत्ति यथावत् रहेको बताए । मुलुकले नयाँ संविधान प्राप्त गरे पनि नयाँ प्रवृत्तिको राजनीति प्राप्त गर्न नसकेको उनको भनाइ थियो । ‘मुलुकले नयाँ संविधान प्राप्त गर्यो, तर नयाँ प्रवृत्तिको राजनीति प्राप्त गर्न सकेको छैन ।

समस्यामात्रै उठाउन सक्ने नभएर समाधान दिनसक्ने नेतृत्व अब देशलाई र नेपाली राजनीतिलाई आवश्यक परको नेता पौडेलको भनाइ थियो ।

प्रकाशित मिति : भदौ ६, २०७६ शुक्रबार  ११ : ४२ बजे